तत्कालिन द्धन्द्ध अहिले पनि जनतालाई सकस

राज्य सत्ता परिवर्तनको लामो लडाँई लडेका यो देशका राजनीतिक दलहरुले सत्ता परिवर्तन गरेर गणतन्त्र स्थापना गरेको समेत दश बर्ष बितिसकेको छ । अहिले गणतन्त्रको दशक मनाउने बेला आएको छ । हरेक बर्ष नेपालमा चुनौतीहरु थपिदै आएका छन् । कहिले तराई मधेसको आन्दोलन, कहिले संविधान जारी गर्ने समस्या, कहिले भूकम्पको समस्या पछिल्ला दिनहरुमा आएर संविधान कार्यान्वयनको समस्या कायमै रहेको छ ।
यि सवै कुराहरु स्मरणयोग्य छन् तर सवैभन्दा पीडादायि भएको दशबर्षे जनयुद्धका घाऊहरु अहिलेसम्म सेलाउन सकेका छैनन् । आफ्नो सुरक्षाका लागि गाडीएका बमहरुले अहिलेसम्म मानीसहरुको अकालमै मृत्यु हुने गरेका घटनाहरु हाम्रो समाजमा अँझै सुनिने गर्दछन् । कतिपय गाडीएका बमहरु अहिलेसम्म भेटीने क्रम अँझै जारी छ । द्धन्द्धकालमै राज्य र माओवादी दुवै पक्षबाट भएका हत्या, अपहरण, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई समेत अहिलेसम्म ठोस कानुनी कारवाहीका रुपमा अगाडी बढाउन नसक्नुले पनि जनताको सकस कायमै छ । तत्कालिन द्धन्द्धले निम्त्याएका यस्ता थुप्रै समस्या सँगै परिवर्तनको अनुभुती हुनेगरि जनताहरुले चाहना गरेका बिकास लगायतका अन्य गतिविधिहरुमा सरकारले ठोस कदम चाल्ने प्रयास अहिलेको बजेटमा गरेको देखिन्छ । नेपालमा दिगो रुपमा सरकार संचालन नहुने र एउटा सरकारले ल्याएको बजेट अर्कोले कटाउने प्रवृतिको अन्त्य गरि जनतालाई राहत दिन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार